आइतवार, वैशाख २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Türkiye’de kumarhaneler 1998 yılında kapatılmış, buna rağmen online platformlar faaliyet göstermeye devam etmiştir; bettilt giriş bu geçişi analiz eder.

Kumarhane eğlencesini seven oyuncular Bahsegel giriş kategorisinde vakit geçiriyor.

Bahis dünyasındaki tecrübesiyle fark yaratan bettilt güvenle büyüyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापाका १० वटा प्रहरी कार्यालय पुनःस्थापित

शनिवार, भदौ २८, २०८२

झापा , २८ भदौः जेनजी पुस्ताको प्रदर्शनका क्रममा विस्थापित बनेका १० वटा प्रहरी कार्यालयमा पुनःस्थापित भएका छन् । यही भदौ २३ र २४ गतेको प्रर्दशनपछि जिल्लाका ६९ प्रहरी कार्यालय विस्थापित भएकामा १० वटा पुनःस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय राजगढ, इलाका प्रहरी कार्यालय केचना, इलाका प्रहरी कार्यालय कुमरखोद, प्रहरी चौकी महेशपुर, इलाका प्रहरी कार्यालय घैँलाडुब्बा, इलाका प्रहरी कार्यालय शनिश्चरे, इलाका प्रहरी कार्यालय गौरादह, प्रहरी चौकी कोरोबारी, प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय झिलझिले पुनःस्थापित भएका छन् ।

जिल्लामा ७३ वटा प्रहरी इकाइ रहेका जनाउँदै प्रशरी नायब उपरीक्षक खड्काले चारवटा बाहेक सबै विस्थापित बनेका बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, इलाका प्रहरी कार्यालय, धुलावारी र इलाका प्रहरी कार्यालय गौरीगञ्जमा प्रदर्शनकारीले क्षति नगरेका उहाँले उल्लेख गर्नुभयो । विस्थापित बनेका प्रहरीहरू जिल्ला प्रहरी कार्यालयमा एकजुएकत्रित बनेका छन् ।

जेनजीको आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र दमकसमेतमा आगजनी र तोडफोड भएको थियो । यी कार्यालयमा तत्कालै प्रहरी फर्कन सक्ने अवस्था नरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासमेत आगजनी भएको छ । यहाँ पनि तत्कालै प्रहरी फर्कन सक्ने अवस्था नरहेको बताइएको छ । आन्दोलनका क्रममा प्रहरी माथि आक्रमण गर्दै आन्दोलनकारीले प्रहरीका हातहतियारसमेत खोसेर लगेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खोसिएका हतियार स्थानीय, मानवअधिकारकर्मी र सञ्चारकर्मीको समन्वय र रोहबरमा भदौ २४ गते नेपाली सेनालाई जिम्मा लगाइएको थियो ।

प्रदर्शनमा संलग्नले प्रहरी कार्यालयमा आगजनी गर्नुका साथै हातहतियार लैजाने, सवारीसाधनमा आजगनी गर्नुका साथै भौतिक संरचनामा क्षति पुगेको थियो । प्रहरी तत्काल जिम्मेवारीमा फर्कन नसक्ने अवस्थामा प्रहरी कार्यालयहरूले स्थानीय, विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्य र समन्वयमा सरसफाइ र पुनःनिर्माणका लागि काम सुरु गरेका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दमकमा प्रहरीलाई पुनःस्थापित गराउन दमक उद्योग वाणिज्य सङ्घले अग्रसरता देखाएको छ । क्षति भएका भौतिक संरचना सरसफाइ गर्न र पुनःनिर्माणका रु पाँच लाख प्रदान गर्ने निर्णय भएको वाणिज्य सङ्घले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माणका लागि विर्तामोड उद्योग वाणिज्य सङ्घले अग्रसरता देखाएको छ । नागरिकको सुरक्षामा खटिने प्रहरीको उचित व्यवस्थापनका लागि सङ्घका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा पुनःस्थापना समिति गठन भएको छ ।

गठित समितिले प्रहरीलाई पुनःस्थापित गराउन आवश्यक सामग्री व्यवस्थापनमा समन्वय गर्नेछ । साथै आर्थिक सहयोग सङ्कलनमार्फत भवन निर्माण, रङरोगन, फर्निचर, भाँडाकुँडासहित अत्यवश्यक सामग्रीको व्यवस्थापन गर्नेछ ।

प्रदर्शनपछि प्रहरीको उपस्थिति नहुँदा विर्तामोड क्षेत्रमा सुरक्षार्थ नागरिक प्रहरी गठन गरिएको थियो । स्थानीयले स्तस्फूर्त सन्तोष घिमिरेको संयोजकत्वमा नागरिक–प्रहरी समिति गठन गरिएको छ । सोही समितिले विभिन्न सङ्घसंस्थासँग प्रहरी कार्यालय पुनःनिर्माणका लागि पहल गरिरहेको छ ।

विस्थापित प्रहरी जिम्वेवारीमा फर्कन थालेसँगै स्थानीयले स्वागतसहित सम्मान गरेका छन् । इलाका प्रहरी कार्यालय राजगढमा कार्यरत प्रहरी कार्यक्षेत्रमा फर्किएपछि उहाँहरूलाई स्थानीयले फूलमाल र खादाले सम्मान गरेका हुन् ।

झापाका केही प्रहरी कार्यालय प्रर्दशनका क्रममा गरिएको तोडफोडका कारण खण्डहर बनेका छन् । प्रहरी इकाइमा रहेका सबै सवारीसाधनमा आगजनी भएको छ । तत्काल पुनःस्थापना गर्न नसकिने कार्यालयमा दरबन्दी भएका प्रहरीलाई नजिकको उको प्रहरी कार्यालयमा राखेर जिम्मेवारीमा खटाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर