शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा वारिष्टा तथा कुक तालिम सुरु

सोमवार, जेठ २२, २०८०

झापा । बिर्तामोडमा वारिष्टा तथा कुक तालिम सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरीको आर्थिक सहयोगमा स्प्रिङडेल बिर्तामोडले आयोजना गरेको तालिम आइतबार देखि सुरु भएको हो ।


तालिमको एक कार्यक्रमका विच बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो । तालिममा सहभागीहरु बिर्तामोड नगरपालिकाको रोजगार शाखाबाट छनोटमा परेका प्रशिक्षार्थीहरु रहेका छन् ।

तालिममा ४० जना सहभागि रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाई दत्तचित्त भएर सिप सिक्न आग्रह गर्नु भयो । स्वदेश तथा विदेशमा सिप महत्वपुर्ण हुने भन्दै उहाँले जिविकोपार्जनमा सहयोग पुग्ने बताउनु भयो ।
तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका रोजगार शाखा संयोजक होमनाथ भट्टराई कुक प्रशिक्षक मनिष बस्नेत, वारिष्टा प्रशिक्षक पुनम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तालिम असार २१ गतेसम्म सञ्चालन हुने छ ।

 

सम्बन्धित खबर