शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडका बाख्रा पालक कृषकहरुको लागि तालिम

मङ्गलवार, जेठ २३, २०८०

झापा । बिर्तामोडमा एक दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिम आज सम्पन्न भएको हो ।
बाख्रा पालनमा देखिएको समस्या, व्यवसायीक बाख्रा पालनमा ध्यान दिनु पर्ने कुराहरुको बारेमा कृषकहरुलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरीएको शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो ।


तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बाख्रा पालन कृषकहरुको लागि आवश्यक प्राविधिक,औषधी उपचार तथा परामर्शमा कमि हुन नदिने बताउनु भयो । व्यवसायिक बाख्रा पालनबाट कम्तिमा वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्नु पर्ने भन्दै उहाँले उत्पादन बढाउनु पर्ने बताउनु भयो ।
बाख्रा पालन जीवन धान्नमात्र नभई व्यवसायिक तवरले गर्न आग्रह गर्दै उहाँले आफ्नो जमिन नभएपनि लिजमा लिएर गर्न सकिने धारणा राख्नु भयो । तालिममा ३५ जना सहभागि रहेको उक्त तालिमलाई सहारा नेपालका पशु विज्ञ डाक्टर कमलेश कुमार भाटले प्रशिक्षण दिनु भएको थियो ।

बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला सुनारको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका अधिकृत मेघराज बांस्तोला लगायतको सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकाले बाख्रा पालक कृषकहरुलाई नगर पकेट बाख्रा साटासाट कार्यक्रम अन्तर्गत खोर निर्माणका लागि ३५ हजार रुपैयाँ र ३ वटा बाख्रा अनुदान दिँदै आएको छ।

सम्बन्धित खबर