Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडका बाख्रा पालक कृषकहरुको लागि तालिम
मङ्गलवार, जेठ २३, २०८०
झापा । बिर्तामोडमा एक दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिम आज सम्पन्न भएको हो ।
बाख्रा पालनमा देखिएको समस्या, व्यवसायीक बाख्रा पालनमा ध्यान दिनु पर्ने कुराहरुको बारेमा कृषकहरुलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरीएको शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बाख्रा पालन कृषकहरुको लागि आवश्यक प्राविधिक,औषधी उपचार तथा परामर्शमा कमि हुन नदिने बताउनु भयो । व्यवसायिक बाख्रा पालनबाट कम्तिमा वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्नु पर्ने भन्दै उहाँले उत्पादन बढाउनु पर्ने बताउनु भयो ।
बाख्रा पालन जीवन धान्नमात्र नभई व्यवसायिक तवरले गर्न आग्रह गर्दै उहाँले आफ्नो जमिन नभएपनि लिजमा लिएर गर्न सकिने धारणा राख्नु भयो । तालिममा ३५ जना सहभागि रहेको उक्त तालिमलाई सहारा नेपालका पशु विज्ञ डाक्टर कमलेश कुमार भाटले प्रशिक्षण दिनु भएको थियो ।
बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला सुनारको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका अधिकृत मेघराज बांस्तोला लगायतको सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकाले बाख्रा पालक कृषकहरुलाई नगर पकेट बाख्रा साटासाट कार्यक्रम अन्तर्गत खोर निर्माणका लागि ३५ हजार रुपैयाँ र ३ वटा बाख्रा अनुदान दिँदै आएको छ।