Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सिंहदरबार छिर्नुअघि अस्पतालमा घाइते भेट्न पुगे मन्त्री घिसिङ
सोमवार, भदौ ३०, २०८२
काठमाडौँ, ३० भदौः नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गर्नु अघि ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई भेट्न शिक्षण अस्पताल, महाराजगञ्ज पुग्नुभएको छ।
शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री घिसिङ सिधै अस्पताल पुग्नुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा हिजो साँझ उहाँलाई मन्त्रीमा नियुक्त गरिएको थियो।
घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ। अस्पताल पुगेका मन्त्री घिसिङले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “शपथसँगै अब देश नयाँ दिशातिर अघि बढ्नेछ र नयाँ रूप लिनेछ।”