शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

मेयरको नेतृत्वमा जनप्रतिनिधि नगरपालिका प्रवेश, अत्यावश्यक सेवा सूचारु

सोमवार, भदौ ३०, २०८२

मेचीनगर, ३० भदौः जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गर्नुभएको छ ।

आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वको जनप्रतिनिधिको टोलीले जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर छलफल भएको छ । नगरसभा हलमा आयोजित छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरु ९ नम्बर का कञ्चनकुमार तामाङ, ७ का प्रलादमणि ओली, १३ का कृष्णराज सिग्देल, १५ का गुणराज भट्टराई (राजन) लगायतले यही भदौ २३ र २४ गतेको आन्दोलनबाट सीर्जित समस्याका विषयमा घनिभूत छलफल भएको थियो ।

नगरपालिका, वडा कार्यालय र जनप्रतिनिधि तथा कर्मचारीहरुका भवनहरु ध्वास्त भएकाले भौतिक संरचना, विद्युतीय सामग्री, आवश्यक कागजात, कार्यसञ्चालनलाई कसरी सहज बनाएर जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर छलफल भएको थियो ।

‘देशमा कानुन छ’, नगरप्रमुख बुढाथोकीले भन्नुभयो–‘कानुनी उपाय खोज्छौँ । आन्दोलनको राप केहिदिनमा हटेपछि पत्रकार सम्मेलन गरेर जनप्रतिनिधि र कार्यालयको धारणा सार्वजनिक गर्छौँ ।’ अहिले तत्काललाई कार्यालय मार्फत क्यान्सर पीडित, स्वास्थ्य सेवा लगायत अत्यावश्यक विषयमा सिफारिस गरिने बुढाथोकीले जानकारी दिनुभयो ।

उपप्रमुख उप्रेतीले जेनजी आन्दोलनका नाममा अराजक समूहहरुले गरेको तोडफोड, आगजनी र लुटपाटका विषयमा छानविनका लागि पहल गरिने बताउनुभयो ।

वडाध्यक्षहरुले जनताको काममा दिनरात नभनी खटिरहेका जनप्रतिनिधिहरुलाई भ्रष्टाचारको विल्ला भिडाउनु र ज्यान मार्ने धम्की दिनु गलत भएको बताउनुभएको थियो ।मेचीनगर–२, ४ र १० नम्बरका वडाध्यक्षहरुलाई ज्यान मार्ने सम्मको धम्की आएको छ ।

जेनजी आन्दोलनका नाममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरुका घरहरु समेत तोडफोड र आगजनी गरेका छन् । छलफलको सहजीकरण वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले गर्नुभएको थियो ।

आजै नगरपालिकामा तोडफोड र आजगनीमा क्षति भएका सामानहरुको मुचुल्का गर्ने काम सुरु भएको छ ।

सम्बन्धित खबर