Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
जेनजी आन्दोलनः कोशी प्रदेशमा १० जनाको मृत्यु
मङ्गलवार, भदौ ३१, २०८२
मोरङ, ३१ भदौः विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा प्रदेशमा १० जनाको मृत्यु भएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक दीपक पोखरेलका अनुसार भदौ २३ र २४ गते भएको घटनाक्रममा हालसम्म १० जनाको मृत्यु भएको हो।
मृतकमध्ये पाँच जनाको पहिचान खुल्न बाँकी रहेको उहॅंाले बताउनुभयो।पोखरेलका अनुसार धरानको भाटभटेनी सुपरमार्केटमा ४ जना र विराटनगरको भाटभटेनीमा एक जनाको शव जलेको अवस्थामा फेला परेको थियो।
झापाको अर्जुनधारामा ३० वर्षीय गोपाल सेढाई, ३२ वर्षीय दिनेश राजवंशी र पाँचथर हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको थियो। त्यसैगरी इटहरीमा २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारको मृत्यु भएको पोखरेलले पुष्टि गर्नुभयो।
भाटभटेनीमा भेटिएका शवको पहिचान खुलिनसकेको पोखरेलले बताउनुभयो । उहॅंाले भन्नुभयो, ‘१ सय १४ जनाभन्दा बढी संख्यामा प्रहरी घाइते भएका छन्। एकजना आइसियु र तीनजना अस्पतालमा भर्ना हुनुभएको छ। भाटभटेनीमा भेटिएको कंकालको पहिचान गराउन चुनौती नै देखिएको छ। अहिलेसम्म त्यसविषयमा कसैले परिवार सदस्य हराएको भनेर दाबी गरेको अवस्था छैन।’