बुधवार, वैशाख ९, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कोशेढुङ्गाको प्रदर्शनले पायो निरन्तरता

बुधवार, असोज १, २०८२

झापा, १ असोज :    सर्वाधिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ ।

प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित भएको थियो । सोमबारदेखि सिनेमा हलहरू सञ्चालनमा आएसँगै कोशेढुङ्गाको प्रदर्शनले निरन्तरता पाएको हो । राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला हल बन्द भएपछि प्रदर्शन रोकिएको सिनेमाले अब पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।

निर्देशक पौडेलले सुरुमा जस्तै दर्शकबाट ‘कोशेढुङ्गा’ ले अब पनि सकारात्मक प्रतिक्रिया पाउनेमा आफू आशावादी रहेको बताए । ‘हाम्रो चलचित्रलाई हेर्ने दर्शकले राम्रो भन्नुभएको छ,’ उनले भने, ‘अब पनि दर्शकको उत्तिकै साथ र सहयोग पाउनेमा हामी आशावादी छौँ ।’

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘कोशेढुङ्गा’ ले देशभरबाट बलियो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला निर्माता, निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगेका थिए । देशका विभिन्न सहरका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिइरहेको अवस्थामा आफूहरू ठुलो संख्यामा दर्शकले चलचित्र हेर्नेमा आशावादी रहेको निर्माता किशोर अनुरागले बताए ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको चलचित्रका लेखक पनि सरोज पौडेल नै हुन् । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमको अभिनय छ । सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतले पनि चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । चलचित्रको गीतमा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन् ।

सम्बन्धित खबर