Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
‘जारी–२’ भाइटीकामा रिलिज हुने
बुधवार, असोज १, २०८२
काठमाडौँ, १ असोजः चलचित्र ‘जारी–२’ भाइटीकामा रिलिज हुने भएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी–२’ अब भाइटीकामा रिलिज हुने भएको हो ।
उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सिनेमाका मुख्य कलाकार छन् ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा निर्देशक रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ हुन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय, बराल, बुद्दि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगायतको अभिनय छ ।