आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरअस्पताललाई सुविधा सम्पन्न बनाउन १५ करोडको भवन थपिदैं, नगर प्रमुखद्वारा शिलान्यास

बिहिवार, जेठ २५, २०८०

झापा । बिर्तामोड नगरअस्पतालका लागि नयाँ भवन निर्माण हुने भएको छ । भवनको आज एक कार्यक्रमका विच नगर प्रमख पवित्रा महतारा प्रसाईले विधिवतरूपमा शिलान्यास गर्नु भयो । अहिले सञ्चालनमा रहेको नगर अस्पतालकै छेउमा निर्माण हुन लागेको ३ तले भवन सुविधा सम्पन्न हुने जनाइएको छ ।
भवन निर्माणको जिम्मा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि काठमाण्डौले पाएको छ । विभाषले १५ करोड ३४ हजार ३ सय ३६ रूपैँयामा ठेक्का पारेको हो । गत बैशाख ८ गते नै सम्झौता गरेर प्रक्रिया अघि बढाएको ठेकेदार कम्पनीले २०८१ फागुन २६ गते काम सम्पन्न गर्नु पर्ने छ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।


भवनमा निर्माणसंगै नगरअस्पतालको कम्पाउण्ड भित्र वेस्टम्यानेजमेण्ट विल्डिङ, पोष्टमार्टमा व्लक, क्यान्टिन ब्लक, एटीएम हाउस, गार्ड हाउस र फार्मेसी व्लक र वरीपरी घेराबारा र भुइमा पेवर्स लगाइने छ । नयाँ अत्याधुनिक भवन भित्र आकस्मिक कक्ष, उपचार कक्ष, प्रतिक्षालय, सोधपुछ कक्ष, मेडीकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरू राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थिक तथा प्रशासनिक कक्ष, क्याविन, डेडिभरी कक्ष, व्लड बैंक, मल्टिपर्पोज हल लगायतका सुविधा रहने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।


शिलान्यस कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नती गर्नका लागि नयाँ भवनको शिलान्यास गरिएको बताउनु भयो । भवन समयमै सम्पन्न गरेर सरल, सहज र गुणस्तीय सेवा प्रदान गरिने उहाँले बताउनु भयो । उहाँले प्रयाप्त बजेटको अभावमा सोचेजति काम गर्न नसकेपनि आगामी दिनमा यसलाई अझै व्यवस्थित गर्दै लैजाने प्रतिवद्वता व्यक्त गर्नु भयो । नगर प्रमुख प्रसाईले मानिस स्वस्थ भएनभने कुनै पनि काम गर्न नसक्ने भन्दै पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको बताउनु भयो । बिर्तामोडलाई राम्रो नगरपालिका बनाउन सबै एक जुट भएर लाग्नु पर्नेमा उहाँको जोड थियो ।


यस्तै उप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सार्वजनिक चासाकोरूपमा रहेको यस हस्पिटललाई व्यवस्थापन समितिले अत्यन्त रेखदेख गर्नु पर्ने बताउनु भयो । उहाँले हस्पिटलको एउटै उदेश्य सर्वसुलभ ढंगले जनतालाइ सेवा दिनु रहेकोले कर्मचारीहरूले मुस्कान सहितको सेवा दिनु पर्ने बताउनु भयो ।
यस्तै नगरका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले १८ करोड ८५ लाख रुपैयाँकाे स्टिमेट भएपनि १५ करोड ३४ हजार ३ सय ३६ रूपैँयामा ठेक्का लागेको जानकारी दिनु भयो । उहाँले भवन निर्माण पश्चात जनताले पाउनु पर्ने आधारभुत स्वास्थ्य सेवा सजहरूपमा पाउने बताउनु भयो । अहिले सञ्चालनमा रहेको भवन सानो रहेकोले दुखले कार्यक्रमहरू अघि बढाइरहेको उहाँको भनाई थियो ।


वडा नम्बर ३का वडाअध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रमको सञ्चालन नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गर्नु भएको थियो । कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगर अस्पताल व्यवस्थापन समितिका सदस्य, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस अघि ५ करोड ५० लाख ७ हजार ७६० रूपैयाँको लागतमा निर्माण भएको १५ शैयाको भवन सभामुख देवराज घिमिरेले फागुन २० गते उद्घाटन गरेपश्चात नगरअस्पताल सञ्चालनमा आएको छ । नगर अस्पतालमा अहिले एक जना एमडीजीपी, ३ जना एमवीवीएस डाक्टर सहितको सेवा उपलव्ध छ । यहाँबाट दैनिक २ सय भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।

 

 

 

 

 

सम्बन्धित खबर