मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

गाजामा इजरायली आक्रमणअघि अमूल्य पुरातात्त्विक सम्पदाको उद्धार

बुधवार, असोज १, २०८२

जेरुसेलम, १ असोज: नौ घण्टासम्मको उग्र वार्ता, इन्धन अभावबीच ट्रक खोज्ने अन्तिम क्षणको प्रयास र खुला फ्ल्याटबेड ट्रकमा छ घण्टासम्मको उन्मत्त प्याकिङपछि सहायता कार्यकर्ताहरूले इजरायली आक्रमणअघि गाजाको गोदामबाट हजारौँ अमूल्य कलाकृतिहरू उद्धार गरेका थिए ।
 
उक्त गोदाममा २५ वर्षभन्दा बढी उत्खननबाट सङ्कलित वस्तुहरू थिए । यसमा युनेस्कोद्वारा विश्व सम्पदा घोषित चौथौ शताब्दीको बाइजान्टिन मठका वस्तुहरू र गाजामा इसाई धर्मको सबैभन्दा पुरानो प्रमाणहरू पनि समावेश थिए । इजरायली सेनाले भवनमा हमासको गुप्तचर प्रतिष्ठान रहेको भन्दै यसलाई ध्वस्त गर्ने तयारी गरेको थियो ।
 
“यो प्यालेस्टिनी वा इसाई सम्पदाको मात्र नभई युनेस्कोद्वारा संरक्षित विश्व सम्पदाका लागि पनि महत्त्वपूर्ण छ”, गाजामा सन् २००९ देखि काम गर्दै आएका प्रिमियर उर्जेन्स इन्टरनेसनल (पियुआई) का आपत्कालीन संयोजक केभिन चारबेलले भन्नुभयो ।
 
घडीसँगको दौड 
 
गत बुधबार बिहान इजरायली रक्षा निकाय कोगाटले ध्वंस योजनाको सूचना दिँदा चारबेलले सेनासँग नौ घण्टा लामो वार्ता गरी कामदारलाई कलाकृतिहरू सुरक्षित स्थानमा सार्ने अनुमति लिनुभयो ।
 
तर यति छोटो समयमै ट्रक पाउन निकै कठिन भयो । अन्तिम क्षणमा मात्र सहयोगी संस्थाले यातायात उपलब्ध गराएपछि पाँच ट्रकमा हजारौँ वस्तुहरू गाजा सहरको सुरक्षित स्थानमा सारियो । फ्रान्सेली बाइबलीय र पुरातात्विक विद्यालयले ८० वर्गमिटर क्षेत्रफलमा यी वस्तुहरूको भण्डारण गरिरहेको थियो । पियुआईले त्यहाँ सुरक्षा दिइरहेको थियो ।
 
युनेस्कोका अनुसार उद्धार गरिएका वस्तुहरूमा सिरेमिक जग, मोजाइक, सिक्का, चित्रित प्लास्टरवर्क, मानव–जनावरका अवशेष र सेन्ट हिलेरियन मठका सामग्रीहरू समावेश छन् । यो जुन मध्यपूर्वको सबैभन्दा पुरानो इसाई मठवासी समुदायमध्ये एक हो ।
 
हतारिएको उद्धार 
 
सामान्यतया यस्ता कलाकृतिहरू सुरक्षित ढुवानीका लागि लामो तयारी चाहिन्छ, तर यस पटक कार्डबोर्ड बक्समा तुरुन्त प्याक गरी फ्ल्याटबेड ट्रकमा राख्नुप¥यो । बन्द कन्टेनर प्रयोग गर्न अनुमति नदिएकाले बाटोमै धेरै वस्तु क्षतिग्रस्त भए, केही भने छोड्नुपर्‍यो । इजरायलले आइतबार भवन ध्वस्त गरिसकेको छ ।
 
सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएदेखि इजरायलले गाजामा कम्तीमा एक सय १० सांस्कृतिक स्थल क्षतिग्रस्त गरिसकेको छ । यसमा १३ धार्मिक स्थल, ७७ ऐतिहासिक भवन, एक सङ्ग्रहालय र सात पुरातात्विक साइट छन् ।
 
अस्तित्व र इतिहासबीचको प्रश्न 
 
चारबेलले भन्नुभयो, “हामीले यसका लागि मूल्यवान समय, इन्धन र स्रोत खर्च गर्‍यौँ । कहिलेकाहीँ लाग्छ, जब मानिसहरूलाई पानी, खाना र औषधि चाहिएको छ, यस्ता निर्जीव वस्तुका लागि यति धेरै जोखिम उठाउनु ठीक हो कि होइन ?” 
 
तर उहाँ भन्नुहुन्छ्, “तर यो विश्व इतिहास र प्यालेस्टिनी पहिचानसँग सम्बन्धित सम्पदा हो । यसलाई नष्ट हुन दिन सक्दैनौँ ।”
सम्बन्धित खबर