Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
९८औँ ओस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
बिहिवार, असोज २, २०८२
काठमाडौँ, २ असोजः सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको छ ।
द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार प्रेस नोट जारी गर्दै मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिला’ सिफारिस भएको जानकारी दिएको हो ।
समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको प्रेस नोटअनुसार यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो’ र ‘अञ्जिला’ प्राप्त भएका थिए । दुवै चलचित्रको मूल्यांकनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’ छनोट गरिएको उहाँले बताउनुभयो ।