Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
खोटाङकी रेस्मिकाको सामूहिक बलात्कारपछि हत्या
बिहिवार, असोज २, २०८२
खोटाङ, २ असोज: खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको खुलासा भएको छ।
प्रहरीले परियारको हत्यामा संलग्न एकजना अभियुक्तलाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानका आधारमा ५-६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । प्रहरीले बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको जनाएको छ।
रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ। डीएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ।