शनिवार, असार २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

भारतमा ‘मस्तिष्क खाने’ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी

बिहिवार, असोज २, २०८२

नयाँदिल्ली, २ असोजः दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ ।

 
सरकारी टास्क फोर्सका चिकित्सक अल्ताफ अलीले कि अधिकारीहरूले राज्यभरि केस पत्ता लगाउन र उपचार गर्न ठूलो मात्रामा परीक्षण गरिरहेको बताउनुभयो ।
 
यस वर्ष नेग्लेरिया फोलेरी अमिबाबाट १९ जनाको मृत्यु र ७२ सङ्क्रमण रिपोर्ट भएको छ । जसमा सेप्टेम्बरमा मात्रै नौ जनाको मृत्यु र २४ सङ्क्रमित छन् । गत वर्ष ३६ घटनामा नौ जनाको मृत्यु भएको थियो ।
 
युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले यसलाई ‘मस्तिष्क खाने अमिबा’ भन्छ । किनकि यसले मस्तिष्कलाई सङ्क्रमित गरी तन्तु नष्ट गर्न सक्छ । मस्तिष्कमा पुगेमा ९५ प्रतिशतभन्दा बढी ज्यान जाने जोखिम हुन्छ ।
 
सङ्क्रमण अत्यन्त दुर्लभ भए पनि प्रायः घातक हुन्छ । अमिबा तातो ताल र नदीहरूमा बस्छ र नाकमार्फत प्रवेश गरेर सङ्क्रमण फैलाउँछ । यो व्यक्तिबाट व्यक्तिमा सिधा सर्दैन । विश्व स्वास्थ्य सङ्गठनले लक्षणमा टाउको दुखाइ, ज्वरो, बान्ता, मानसिक परिवर्तन, मतिभ्रम र कोमा हुने उल्लेख गरेको छ ।
 
चिकित्सक अलीले भन्नुभयो, “विगतमा सीमित क्षेत्रहरूमा मात्र देखिन्थे, यस वर्ष राज्यभर नयाँ घटनाहरू देखा परेका छन्, यो चिन्ताको विषय हो ।” सन् १९६२ देखि संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान र अस्ट्रेलियामा विश्वभर लगभग पाँच सय घटना रिपोर्ट भइसकेका छन् ।
सम्बन्धित खबर