बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्म: प्रधानमन्त्री कार्की

शुक्रवार, असोज ३, २०८२

काठमाडौँ, ३ असोजः प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ । लोकतान्त्रिक प्रणाली आवाज सुन्ने व्यवस्था हो भन्दै उहाँले संविधान दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिन पनि हो भन्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने सङ्कल्प व्यक्त गर्नुभएको छ ।

उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनको प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको प्रतिफलका रूपमा व्याख्या गर्दै लोकतन्त्र भनेको संवाद र समाधान खोज्ने प्रणाली भएकाले सरकार जनताका आवाज सुन्न र सम्बोधन गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफू अन्तरिम व्यवस्थापनका लागि प्रधानमन्त्री बनेको स्पष्ट गर्दै छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने बताउनुभयो ।

संविधान दिवसको अवसरमा उहाँले जनआन्दोलनदेखि हालको आन्दोलनमा प्राण गुमाउने शहीदप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ र क्षतिको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभयो ।

साथै, सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासका प्रश्नलाई राष्ट्रिय एजेन्डा मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट पाहुनाको उपस्थिति थियो ।

सम्बन्धित खबर