Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते
शनिवार, असोज ४, २०८२
युक्रेन, ४ असोजः युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । क्षेत्रीय सैनिक प्रशासनका प्रमुख सेर्गी लिसाकले बताएअनुसार, रूसले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो, जसबाट भवनहरूमा क्षति पुगेको छ र आगलागीसमेत भएको छ ।
युक्रेनभर हवाई आक्रमणको सतर्कता जारी गरिएको छ । राजधानी किभ वरपरका क्षेत्रमा पनि आक्रमण भएको छ । किभ क्षेत्रीय सैनिक प्रशासन प्रमुख मिकोला कालाशनिकले भन्नुभयो,“सत्रु पक्षले आत्मघाती ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी शान्तिपूर्ण बस्तीहरूलाई निशाना बनाएको छ ।”
त्यसैगरी, दक्षिण युक्रेनको सहर माइकोलाइभमा पनि यस्तै प्रकारको हमला भएको भए पनि मानवीय क्षति नभएको जानकारी नगरप्रमुखले दिनुभयो । रुसी अधिकारीहरूले भने, युक्रेनी सेनाले भोल्गोग्राद र रोस्तोभ क्षेत्रमा ‘ठूलो स्तरको हमला’ प्रयास गरेको तर त्यसलाई सफलतापूर्वक रोकिएको दाबी गरेका छन् । साथै, साराटोभ क्षेत्रमा एक जना सामान्य रूपमा घाइते भएको जानकारी दिएका छन् ।