Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा क्षतिः डा कोइराला
शनिवार, असोज ४, २०८२
विराटनगर, ४ असोजः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले तत्कालीन सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताउनुभएको छ ।
आज विराटनगरस्थित शेखर कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले हालसम्म नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणको विषयमा कुनै छलफल नभएको बताउनुभयो । नेता कोइरालाले जेनजी प्रदर्शनका क्रममा भएका क्षतिबारे छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन समयमा चाल्नुभएको कदम सही भएको उल्लेख गर्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गर्नुभयो । भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास नजलेको उहाँको जिकिर छ ।