झापा, ५ असोजः विर्तामोड–३ का रामबहादुरखत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउउत्पादन गरेर उदाहरणीय उद्यमी बन्नुभएकोछ। स्वदेशमै उत्पादन हुन थालेपछि च्याउकोबीउमा विदेशी निर्भरता घटेको छ ।
खत्री परिवारले १४ वर्षअघि स्थापना गरेकोपाथिभरा च्याउ तथा बीउ उद्योगले कोशीप्रदेशमा पहिलोपटक ‘टिस्युकल्चर’ प्रविधिबाटच्याउको बीउ उत्पादन गर्दै आएकोछ । उद्योगबाट वार्षिक ४५ हजार किलोच्याउको बीउ उत्पादन गर्दै आएको छ ।यसबाट रु एक करोड५० लाखभन्दा बढीआम्दानी हुने गरेको खत्रीले बताउनुभयो ।
उद्योगमा सात जनाले पूर्णकालीन रोजगारीप्राप्त गरेका छन् । आफूसहित तीन कामदारआफ्नै घरका सदस्य रहेको उहाँलेबताउनुभयो। उद्योगबाट घर बाहिरका चारकामदारले पूर्णकालीन रोजगारी पाएका छन्।
“च्याउखेतीमा थोरै लगानी र मिहेनत गर्दामनग्य आयआर्जन गर्न सकिने भएकालेअहिले यसतर्फ किसानको आकर्षण बढेकोछ”, खत्री भन्नुहुन्छ, “रोग नलाग्ने रस्वस्थबद्र्धक च्याउ उत्पादन हुने भएकालेबीउका लागि टिस्युकल्चर प्रविधि प्रयोगगरिरहेका छौँ ।”
टिस्युकल्चर प्रविधिबाट च्याउ उत्पादन गर्नखत्रीले आधुनिक प्रयोगशाला स्थापनागर्नुभएको छ । यो कोशी प्रदेशकै पहिलो हो ।उहाँलेसञ्चालन गर्दै आएको प्रयोगशालामागहुँ, मकै र जुनेलोको दानामा टिस्युकल्चरप्रविधिबाट च्याउको बीउ उमारिन्छ ।
भारतको उत्तरप्रदेश र विहारबाट टिस्युकल्चरप्रविधिबारे तालिमप्राप्त गरेपछि आफैँलेप्रदेशमा पहिलोपल्ट च्याउको बीउ उत्पादनगरेकोखत्रीले बताउनुभयो । यसका लागिगहुँलगायतका दाना स्वदेशकै प्रयोग भए पनिरासायनिक तत्व भने भारतबाटै ल्याउनेगरिएको उहाँकोभनाइ छ ।
“हाम्रो उद्योगमा दैनिक एक सय ५० किलोगहुँबाट एक हजार ५०० प्याकेट च्याउकोबीउ उत्पादन हुँदै आएको छ”, उहाँलेभन्नुभयो, “प्रतिप्याकेट बीउ रु ३५ माबजारमा बिक्री हुन्छ ।” उद्योगले च्याउखेतीगरिरहेका र नयाँ व्यवसाय सुरु गर्नचाहनेलाई प्राविधिक परामर्शतथा कच्चापदार्थसमेत उपलब्ध गराउँदै आएको छ ।उद्योगबाट उत्पादित बीउले माग धान्ननसकिरहेको खत्रीले बताउनुभयो ।
झापामा खत्रीले टिस्युकल्चर प्रविधिभित्राएपछि हाल जिल्लाभर उहाँको जस्तैच्याउको बीउ उत्पादन गर्ने १३ उद्योग स्थापनाभइसकेकाछन् । पाथिभरा च्याउ तथा बीउउद्योगद्वारा उत्पादित च्याउको बीउझापासहित इलाम, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सिराहा, सप्तरी ररुपन्देहीसम्मबिक्री हुने गरेको छ । एकपटक च्याउखेतीमागरेको लगानीले लामो अवधिसम्म उत्पादनदिइरहने, श्रमिक कम लाग्ने रसामान्यप्राविधिक ज्ञानले हुने भएकाले पछिल्लोसमय च्याउखेतीतर्फ किसानको आकर्षणबढेको छ ।



