Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘जेनजी’ प्रदर्शनपछि ८ हजारभन्दा बढी कैदी अझै फरार
आइतवार, असोज ५, २०८२
काठमाडौँ, ५ असोजः भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि भागेका कैदीमध्ये अझै ८ हजार २२६ जना फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार देशभरका २८ कारागार र ९ बालसुधार गृहबाट १४ हजार ५५५ कैदीबन्दी निस्किएका थिए। तीमध्ये ६ हजार ३२८ जना फर्किसके पनि बाँकी अझै सम्पर्कमा आएका छैनन्।
न्यौपानेका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट ९६४ जना भागेका थिए। फर्किएका मध्ये कारागारका ५ हजार ९८७ र सुधारगृहका ३४१ जना छन्।
आन्दोलनकै क्रममा प्रहरी हिरासतमा रहेका करिब २ हजार आरोपीसमेत फरार भएको नेपाल प्रहरीले जनाएको छ।
हाल देशभर ३० हजार ६३४ कैदीमध्ये २१ हजार ९९९ मात्र जेलमा रहेका छन्। यस क्रममा नख्खु कारागारबाट निस्किएका रास्वपा सभापति रवि लामिछाने पुनः जेल फर्किनुभएको छ।