मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापाका पालिकाले सुरु गरे अत्यावश्यक सेवा

सोमवार, असोज ६, २०८२

झापा, ६ असोज : जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका अर्जुनधारा, मेचीनगर, कनकाईलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुआत गरेका छन् । गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएका थिए । त्यसयता पालिकाहरु बन्द थिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताउनुभयो ।“नगरपालिकाको सेवा केही दिनअघि नै सुरु गरिएको थियो,” उहाँले भन्नुभयो “सबै वडा कार्यालयको सेवा पनि आइतबारदेखि थालेका छौँ । जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका सेवाहरु अब सुचारु भएका छन् । जुन तत्काल नहुँदा पनि हुन्छ, त्यस्तो सेवा चाहीँ अहिले दिन सक्दैनौँ ।”

नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला सिफारिस, राजस्व सङ्कलन लगायतका सेवा सुरु भएको हो । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा गरेको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतको सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाइसकिएको उहाँले बताउनुभयो ।

नगरपालिकामा ११ वडा छन् । जेनजी आन्दोलनका क्रममा नगरपालिका र सबै वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो । भग्नावशेषहरुको सरसफाइ र मर्मत गरेर नगरपालिका कार्यालयको सभाहलमा एउटै थलोबाट सबै वडाको एकीकृत सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कनकाई नगरपालिकाले आगजनीमा परेको भवनबाटै आज सेवा सुरु गरेको छ । नगरमा नौ वटा वडा कार्यालय छन् । सबै वडा कार्यालयमा जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएका थिए ।नगरपालिकाबाट न्यूनतम् आवश्यक सेवा प्रदान गर्न थालिएको र दुई दिनपछि सबै वडाले आफ्नै वडा कार्यालयबाट वडावासीलाई सेवा दिनेगरी तयारी भइरहेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।

नगरका छ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । सामाजिक सुरक्षा कार्ड नवीकरण भएका सबैको भत्ता बैंक खातामा पठाइसकेको उहाँले जानकारी दिनुभयो । ध्वस्त भएको वडा कार्यालयमा सरसफाइ सकेर विद्युत्, इन्टरनेट, फर्निचर, पानी लगायतको सुविधा पुर्याइएको उहाँले बताउनुभयो ।

“आन्दोलनमा नगरपालिकाको मुख्य भवनको भूइँतला पूर्णरुपमा जलेको छ,” उहाँले भन्नुभयो– “जलेको भागको खरानी पन्छाउँदै कार्यालय पुनःसञ्चालन गरेका छौँ । भवन प्रयोग गर्न उपयुक्त हो कि होइन भनेर प्राविधिक परीक्षण हुन बाँकी छ ।”

मेचीनगर नगरपालिकाको मुख्य प्रशासनिक भवन र १५ वटामध्ये १४ वटा वडा कार्यालय जेनजी आन्दोलन क्रममा आगजनी र तोडफोड भएका थिए । नगरपालिकाले आइतबारदेखि आंशिक सेवा प्रारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।“अति आवश्यक विषयलाई प्राथमिकता दिएर सेवा सुरु गरेका छौँ,” उहाँले भन्नुभयो– “वडा कार्यालयबाट पनि सरसफाइ गरेर जनताको सेवा सुचारु गरिएको छ । हामी युद्धस्तरमा काम गरिरहेका छौँ ।


”विर्तामोड नगरपालिका, कचनकबल गाउँपालिका र झापा गाउँपालिकाले सरसफाइ गरिरहेका छन् । “भवन ध्वस्त भएको छ, कागजपत्र जलेर खरानी भएका छन्,” विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाइँले भन्नुभयो, “अत्यावश्यक सेवा पाँच दिनपछि सुचारु गर्छौं ।”

सम्बन्धित खबर