बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपमा तौल समूहका खेलाडी छनोट

बिहिवार, जेठ २५, २०८०

बिर्तामोड। कोशी प्रदेश खेलकुद विकास बोर्डको बजेटबाट भएको दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपमा तौल समूहका खेलाडी छनोट भएका छन् ।

आजदेखि सुरु भएको प्रतियोगितामा विभिन्न तौल समूहमा २० जना खेलाडी छनोट भएका हुन् । आज भएको प्रिजजिङबाट ५५ केजी तौल समूहमा छ जना, ६० र ६५ केजीमा चारचारजना र ७० केजी र ७० केजी माथिमा तीनतीनजना खेलाडी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

५५ केजीबाट उर्लाबारीका धर्मराज खापुङ, बिर्तामोडका दिवस श्रेष्ठ, दुहबीका वीरेन्द्र चौधरी, बिर्तामोडका तेजबहादुर हमाल, विराटनगरका प्रबित राजवंशी र दमकका भरतनारायण शाह छनोट भएका छन् । त्यस्तै, ६० केजीबाट बिर्तामोडका जितेन्द्र यादव, विनोद कामी, युवराज बस्नेत र हेटौँडाका अजय मल्लिक अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

६५ केजीबाट इटहरीका ओसन कार्की, दमकका विवेक माझी, बिर्तामोडका हर्कबहादुर राई र गाइघाटका दिलिपकुमार चौधरी छानिएका छन् । ७० केजीबाट दमकका मदनकुमार योङहाङ, इलामका सनम लिम्बू, धरानका सागर राई तथा ७० केजी माथिबाट दमकका विप्लव कार्की, धरानका सन्दीप गिरी र चन्द्रगढीका प्रसिद्ध भक्तराज लावट छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगिताको आयोजना बडी ग्यारेजले गरेको हो । फाइनल राउन्ड भोलि हुनेछ ।

प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास बोर्डले १५ लाख रुपैयाँ विनियोजना गरेको छ । बोर्डका सदस्य सचिव हंशराज वाग्लेको अगुवाइ र पहलमा बजेट विनियोजन गरिएको हो । शारीरिक सुगठन खेललाई प्रबर्द्धन गर्ने तथा नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्यले बोर्डले १५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौँ पुरस्कार ७५ हजार रुपैयाँ रहेको छ । साथै, हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्रदान गरिनेछ ।

सम्बन्धित खबर