Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
युनिटी कप अन्तरराष्ट्रिय क्रिकेटः नेपाली टोली आज युएई जाँदै
सोमवार, असोज ६, २०८२
काठमाडौँ, ६ असोजः वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी–ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएको छ । प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
जेनजी प्रदर्शनका कारण युएईले नेपालीलाई पर्यटक भिसा र श्रम भिसामा रोक लगाएको थियो । रोक लगाएपछि नेपाली क्रिकेट टोली युएई जान सकेको थिएन । नेपाल क्रिकेट सङघ (क्यान)को आग्रहपछि मात्र युएईले नेपाली टोलीलाई आइतबार प्रवेशाज्ञा दिएको थियो ।
क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली टोली मङ्गलबारसम्म युएई पुगिसक्ने जानकारी दिए । नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यही असोस ११, १३ र १४ गते युएईस्थित शारजाह क्रिकेट रङ्गशालामा खेल खेल्ने तय भएको छ ।