काठमाडौँ, ६ असोजः नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ सोमबार अपराह्न तीन बजे तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपतिको सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ जना मन्त्रीको नाम सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाउनुभएको थियो। जसमध्यमे स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम होल्ड भएको छ।
‘५ जना मन्त्रीको नाम आएको थियो, एक जनाको होल्ड गर्न फोन आएको छ, चार जनाको नियुक्ति र शपथ आज अपराह्न तीन बजे हुनेछ,’ राष्ट्रपति कार्यालय स्रोतले भनेको छ।



