Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘वरिष्ठ बलराम’ कात्तिक ६ गतेदेखि प्रदर्शन हुने
सोमवार, असोज ६, २०८२
काठमाडौँ , ६ असोज : दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते प्रदर्शन हुने भएको छ ।
निर्माण युनिटले दुई पोष्टर सार्वजनिक गर्दै कात्तिक ६ गते चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ । दयाहाङ, विजय र समृद्धिसँगै फिल्ममा पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेका छन् ।
सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाङ्कन चितवनका विभिन्न स्थानमा गरिएको हो ।फिल्ममा मनकृष्ण महर्जनको छायाङ्कन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य छ ।
चलचित्र काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।