Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
जेनजी प्रदर्शन : बिर्तासिटीमा सात घाइतेको निःशुल्क उपचार
सोमवार, असोज ६, २०८२
बिर्तामोड, ६ असोज : जेनजी प्रदर्शनका क्रममा घाइते भएका सात जनाको उपचार बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा निःशुल्क गरिएको छ। उपचारपछि सबै जना घर फर्किएका छन्।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा घाइते भएका सात जना अस्पतालमा भर्ना भएका थिए। तीमध्ये अर्जुनधारा–११ का ३० वर्षीय गोपाल सेढाईको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। छातीमा गोली लागेका सेढाईलाई २४ भदौमा भर्ना गरिएको थियो।
उपचारपछि घर फर्किने घाइतेहरूमा बिर्तामोड–४ का १५ वर्षीय सुमित साह, कनकाई–३ का ३२ वर्षीय चिरञ्जीवी खनाल, बिर्तामोड–९ का १६ वर्षीय सन्देश गिरी, बिर्तामोड–४ का ५० वर्षीय रामभजन साह, हल्दिवारी–२ का २३ वर्षीय अनिष श्रेष्ठ र माई नगरपालिका–२ का २८ वर्षीय रुपेश ढुङ्गाना रहेका छन्।
अस्पतालका प्रशासक विनोदकुमार वस्नेतका अनुसार आन्दोलनका क्रममा घाइतेहरू निरन्तर आउने सम्भावना रहेकाले अस्पतालले १५ शैया तयारी अवस्थामा राखेको थियो। चिकित्सकहरूलाई समेत विदा नदिई उच्च सतर्कतासहित तयारी अवस्थामा राखिएको र सबै घाइतेलाई प्राथमिकताका साथ उपचार गरिएको उहाँले बताउनु भयो ।