Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
व्यवसायिक पशु पालन गर्दै आएका कृषकहरुको लागि आयोजित तालिम सम्पन्न
शुक्रवार, जेठ २६, २०८०
बिर्तामोड । पशुपालन व्यवसायमा आवद्व रहेका कृषकहरुको लागि बिर्तामोडमा आयोजित तालिम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका ३ वटा तालिम आज सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाई पालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको थियो । गाई, बाख्रा पालन सम्बन्धि एक एक दिन र पशु आहार व्यवस्थापन सम्बन्धि दुई दिन तालिम सञ्चालन गरीएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिनु भयो ।
तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेका कुरालाई वेवास्था नगरी हुवहु कार्यान्वयन गर्न सहभागीलाई आग्रह गर्नु भयो । आधुनिक तवरले पशुपालन व्यवसाय सञ्चालन गर्नु पर्ने भन्दै उहाँले यस तालिममा छुटेकाहरुलाई आगामी कार्यक्रममा सहभागी गराउने बताउनु भयो ।
तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका जिन्सि शाखा प्रमुख मेघराज वाँस्तोला र पशु विज्ञ तथा तालिम प्रशिक्षक डाक्टर कमलेश्वर भाटले सहभागिहरुले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनु भयो ।
तालिममा सहभागीहरुको तर्फबाट बोल्दै वडा नम्बर ७ का कृषक सागर ढकालले नगरपालिकाले प्रदान गरेको यस तालिमबाट धेरै कुराको ज्ञान लिएको बताउनु भयो । उहाँले आफुले सिकेको सिप तालिममा सहभागी नभएकाहरुलाई पनि सिकाउने प्रतिवद्वता व्यक्त गर्नु भयो । कृषक ढकालले पशुपंछि तथा दुधमा बिर्तामोडलाई आत्मनिर्भर बनाउन सहकार्य गरेर अघि बढ्ने समेत बताउनु भयो ।
बिर्तामोड नगरपालिकाले व्यवसायिक रुपमा कृषि तथा पशु पालन गर्दै आएका कृषकहरुको लागि विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ ।