झापा, ७ असोजः इलामसँग सिमानाजोडिएको झापाको कृष्णथुम्कीमा पर्यटकीयआकर्षण बढेको छ । महाभारतकालीनपौराणिककथनअनुसार द्वापरयुगमा पाँचपाण्डव गुप्तबास बसेका बेला भगवान्श्रीकृष्ण गाई चराउँदै कृष्णथुम्कीमापुग्नुभएको थियो ।
मेचीनगर नगरपालिका-१ मा रहेको पाँच वटाथुम्कीमध्ये मुख्य डाँडो ‘कृष्णथुम्की’ हो । जहाँश्रीकृष्णका गाईहरूको खुरको शिलाअहिलेपनि मन्दिरमा राखिएको जनविश्वास छ ।खुरको दर्शन गर्न बर्सेनि हजारौँ भक्तजन यहाँआउने गरेका कृष्णथुम्की विकाससमितिकाअध्यक्ष हिम्मत क्षेत्रीले बताउनुभयो ।
पौराणिक कथाअनुसार अरु पाँच वटा थुम्कीपाँच पाण्डवको प्रतीकका रूपमा रहेका छन् ।मेची र सिद्धी नदीको सङ्गम नजिकरमणीयप्राकृतिक वातावरणमा कृष्णथुम्की अवस्थितछ । हिन्दू, किरात र बौद्ध धर्मावलम्बीको आ-आफ्नो आस्थाअनुसारको मठमन्दिरनिर्माणगरिएकाले पछिल्लो समय कृष्णथुम्की सबैधर्मावलम्बीको साझा तीर्थस्थल बन्न पुगेकोछ ।
पूर्वीनाका काँकडभिट्टाबाट १७ किलोमिटरउत्तर पहाडको फेदीमा रहेको उक्त रमणीयधार्मिकस्थलमा पूजाआजाका लागिभक्तजनर अवलोकनका लागि पर्यटक आउनथालेपछि यो स्थान पर्यटकीयस्थलका रूपमापरिचित बन्दै गएको समितिका अध्यक्षक्षेत्रीलेबताउनुभयो । उहाँका अनुसार सरकारलेपर्यटकीय प्रवर्द्धनका लागि स्थानीयलाईसमेटेर विकास समिति गठन गरेको छ ।
दसैँ, श्रीकृष्ण जन्माष्टमी, बुद्धपूर्णिमा र उधौलीउभौली पर्वमा यहाँ धार्मिक पर्यटककोआगमन अत्यधिक हुने जनाउँदैउहाँलेअरुबेला पनि देशविदेशबाट पर्यटकआइरहने बताउनुभयो । पर्यटकीयचहलपहल बढेपछि तीनै तहका सरकारलेकृष्णथुम्कीकोविकासमा लगानी बढाएकाछन् । हाल कृष्णथुम्की पुग्ने सडक कालोपत्रगरिएको छ भने यहाँका मठ मन्दिर, गुम्बा रसाकेला थानपुनःनिर्माण गरेर चिटिक्कसजाइएका छन् ।
“सडक स्तरोन्नति भएसँगै सिटी रिक्सा, टेम्पोलगायत साना सार्वजनिक सवारीसाधनआवतजावत गर्न सहज भएको छ”, क्षेत्रीलेभन्नुभयो, “कृष्णथुम्की पौराणिकमहत्त्वको धार्मिक स्थल हो, पूर्वाधारकोविकासले यसको पर्यटकीय आकर्षण झनबढाएको छ ।”
छुट्टी मनाउन आउने हरेक तीन चार वटा बसभाडामा लिएर कृष्णथुम्कीको अवलोकन गर्नआन्तरिक पर्यटक आउने गरेकाअध्यक्षक्षेत्रीले बताउनुभयो । कृष्णथुम्कीमासङ्घीय सरकारको सहयोगमा रु ३० लाख३९ हजार १८० लगानी गरेर मन्दिर रगुम्बाकोमर्मतसम्भार गरिएको उहाँको भनाइछ ।
मन्दिर र गुम्बाको मर्मतसम्भारमा सहरीविकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु २८ लाख पाँच हजार १९७सहयोगगरेको थियो भने विकास समितिलेआन्तरिक स्रोतबाट रु दुई लाख ३४ हजार६२६ जुटाएको थियो ।
डाँडाको शिखरमा रहेको मूल मन्दिर पुग्नकालागि पक्की सिँढीसहित रेलिङ निर्माणगरिएको छ । गुम्बा, साकेला रराधाकृष्णकोमन्दिरलाई रङरोगन गरिएकोथियो । मुख्य आकर्षणका रुपमा रहेकोमन्दिरमा पित्तलको छानो लगाइएको छ भनेसाकेला र गुम्बाकोप्राङ्गण सिमेन्टले ढलानगरिएको छ ।
कृष्णथुम्कीबाट चार किलोटिरको दूरीमा ४९वटा जलधारा प्रवाहित हुने ‘नागदेवी तथाहिले सिमसार’ नामक अर्कोपर्यटकीयस्थलपनि छ । त्यसैगरी ‘मिनीमाउन्टेन र वृन्दावन’ नामक पर्यटकीयस्थलनजिकै छ । यहाँका सबै पर्यटकीयस्थलमाआउनेहरू कृष्णथुम्कीपुग्न बिर्सँदैनन् ।



