Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विराटनगरमा भाउजूमाथि एसिड प्रहार
मङ्गलवार, असोज ७, २०८२
विराटनगर, ७ असोजः विराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार घटना सोमबारको हो । एसिड प्रहारबाट घाइते महिलाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।
प्रहरीका अनुसार भाउजुमाथि एसिस प्रहार गर्नका लागि देवरले वियरको बोतलमा एसिड लिएर आएका थिए । दाजु घरमा नभएको मौकामा उनले भाउजुमाथि एसिड प्रहार गरेका थिए ।
अनुहारमा प्रहार गरेको एसिड रोक्ने क्रममा महिलाको हात र शरीरका अन्य भागमा लागेको छ । उनले लगाएको सल एसिडले जलेको थियो ।प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेन विवादमा महिलामाथि एसिड प्रहार भएको खुलेको छ ।
मोरङ प्रहरीकी प्रवक्ता, डीएसपी कोपिला चुँडालले एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताउनुभयो । घरायसी विवादमा एसिड प्रहार भएको र घाइते महिलाको अवस्था खतरामुक्त रहेको उहाँको भनाइ छ ।