विराटनगर, ८ असोजः विराटनगरमा मंगलबार राति घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपीकोपिला चुँडालले विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको जानकारी दिनुभयो ।
पौडेल ३ तले घरको छतमा थिए । राति ११:४५ बजेतिर ३ तलामाथिको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारकालागि विराट नर्सिङ होम पुर्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । पौडेल के गर्ने क्रममा घरको छतबाट खस्न पुगेका हुन्भनेर यकिन हुन बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चुँडालले बताइन् । शव हाल विराट नर्सिङ होममै छ ।



