Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापा गोल्डकपद्वारा प्रहरी कार्यालय पुनर्निर्माणमा एक लाख एक हजार सहयोग
बिहिवार, असोज ९, २०८२
बिर्तामोड, ९ असोज : जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।
आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सहयोग रकम हस्तान्तरण गरिएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।
भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कारण ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुनर्निर्माणका लागि रकम सहयोग गरिएको हो ।
स्थानीय युवाहरूको अगुवाइमा पुनर्निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम जुट्न थालेको छ । पुनर्निर्माण समितिका संयोजक रमेश चौधरीलाई गोल्डकपले नगदै सहयोग प्रदान गरेको हो ।
यसैबीच, पुनर्निर्माणका निमित्त एकका लागि एक अभियानले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।