Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक
शुक्रवार, असोज १०, २०८२
चितवन, १० असोजः चितवनको इच्छाकामना गाउँपालिका- ५ तुइन खोलाको पुल नजिक खसेको भीषण पहिरो पन्छाएपछि ५६ घण्टापछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी आवतजावतका लागि खुलेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार साँझ ४:५० बजे खसेको यो हालसम्मकै ठूलो पहिरो बिहीबार राति १०:२३ बजेसम्म पूर्णरूपमा पन्छाइएपछि राति १०:३५ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो।
धबार बिहानदेखि सुरु गरिएको काममा पाँचभन्दा बढी डोजर प्रयोग गरी १६० मिटर लामो पहिरो पन्छाइएको थियो। काम सहज बनाउन बिहीबार साँझदेखि फ्लड लाइट जडान गरी रातिसम्म निरन्तर पहिरो हटाउने कार्य जारी राखिएको थियो।
सडक अवरुद्ध हुँदा यात्रुहरू लामो समय अलपत्र परेका थिए। विशेषगरी दसैंमा गन्तव्यतर्फ लागेका यात्रुहरू राजमार्गमै रोकिन बाध्य भएका कारण ठूलो समस्या भोग्नुपर्यो।
सडक खुले पनि लामो जाम हट्न केही समय लाग्ने भएकाले आवागमन तत्काल सहज हुने अनुमान छैन।
काठमाडौंलाई जोड्ने मुख्य राजमार्ग पहिरोका कारण बारम्बार अवरुद्ध हुने गरेको छ। तुइन खोलाको पुल नजिक यसअघि पनि पटक–पटक पहिरो खस्ने समस्या दोहोरिँदै आएको छ।