Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
शनिवार, असोज ११, २०८२
काठमाडौँ, ११ असोजः राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार ८३,५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, परीक्षा मा सहभागी १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९,६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन्।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो। यस पूरक परीक्षामा भाग लिन पाउने विद्यार्थीहरू ती हुन् जो गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन–ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित रहेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले उनीहरूलाई सुधारको अवसरका लागि पूरक परीक्षा सञ्चालन गरेको हो।