आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३६ को मृत्यु, ४० घाइते

आइतवार, असोज १२, २०८२

भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्।

मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले शनिबार राति यो जानकारी दिनुभएकोहो ।

- र्‍यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु –

करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका बीच घण्टौँ ढिलो विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।

स्वास्थ्यमन्त्री सुब्रमण्यमले ‘र्‍यालीमा अनुशासनको कमी थियो’ भन्दै घटनाको अनुसन्धानको आदेश दिइएको जानकारी दिनुभयो।

र्‍यालीकै बीच बेहोस भएका समर्थक, विजयले रोक्नुभयो भाषण –

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार विजयले आफ्नो अभियान गाडीबाट र्‍यालीलाई सम्बोधन गर्दा कम्तीमा ३० जना बेहोस भएका थिए । उनीहरूलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। अवस्था गम्भीर हुँदै गएपछि विजयले भाषण बीचमै रोक्नुभएको थियो तर केही समयपछि फेरि निरन्तरता दिनुभएको थियो । अन्ततः विशाल भीडमा असामान्यता देखिएपछि भाषण पूर्ण रूपमा रोकिएको थियो।

- विजय र अन्य नेताहरूको शोक –

दुर्घटनाको केही घण्टापछि विजयले सामाजिक सञ्जाल ‘एक्स’ मा दुःख व्यक्त गर्दै लेख्नुभयो, “मेरो हृदय टुक्रिएको छ । म अवर्णनीय पीडा र दुःखमा छु जुन शब्दले व्यक्त गर्न सकिँदैन ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनालाई ‘गहिरो दुःखदायी’ भन्दै शोक प्रकट गर्नुभयो । “मेरा विचारहरू ती परिवारहरूसँग छन् जसले आफ्ना प्रिय गुमाएका छन्। म सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,“ उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो ।

- तमिलनाडुमा सेलिब्रिटीको राजनीतिक प्रभाव बलियो -

तमिलनाडुमा फिल्म स्टारहरूलाई विशेष सम्मान दिइन्छ र उनीहरूको लोकप्रियता राजनीतिमा समेत प्रभावशाली देखिन्छ । विजयले सन् २०२४ मा अभिनयबाट अवकाश लिएर आफ्नै राजनीतिक पार्टी गठन गर्नुभएको थियो । उहाँले आगामी चुनावमा उम्मेदवारी दिने योजना स्पष्ट नगरे पनि उहाँको राजनीतिक यात्रा सुरु भइसकेको छ ।

- भारतमा यस्ता घटनाहरू बारम्बार -

भारतमा ठूला भीडको कार्यक्रममा भागदौडको घटना नयाँ होइन । सन् २०२५ को जनवरीमा आयोजित महा कुम्भ मेलामा पनि हजारौँ श्रद्धालु पवित्र नदीमा नुहाउन हतारिँदा ३० जनाको मृत्यु भएको थियो।

तमिलनाडुमा घटेको यस पछिल्लो दुर्घटनाले फेरि एक पटक भीड व्यवस्थापन र सार्वजनिक सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ । हाल घटनाको छानबिन जारी छ ।

सम्बन्धित खबर