Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड नगरपालिकाको एउटा भवन पुनःप्रयोग गर्न नमिल्ने
आइतवार, असोज १२, २०८२
बिर्तामोड, १२ असोज : जेन जी आन्दोलनका क्रममा अराजक समुहले गरेको आगजनीबाट बिर्तामोड नगरपालिकाको एउटा भवन पुन प्रयोग गर्न नमिल्ने भएको छ । प्राविधिक जाँचपछिको प्रारम्भिक रिपोर्ट अनुसार बिचको भवन पुनःप्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो ।
लामो समय आगो लगाइएको सो भवनको छत, विम र पिलर नै फेल भएको प्रारम्भिक रिपोर्ट आएको छ । प्राविधिक जाँच गर्ने मेची ल्यावले लिखित रिपोर्ट बुझाउन बाँकी छ, नगरका एक प्राविधिक भन्छन् – ‘लिखित रिपोर्ट आएको छैन । प्रारम्भिक रिपोर्ट अनुसार उक्त भवनको पश्चिम भाग भत्काएर नै बनाउनुपर्ने जस्तो देखिन्छ । अहिलेको रिपोर्ट रातो स्टिकर टाँस्ने गरिकै हो ।’ छत, विम र पिलर नै असुरक्षित छ भनेपछि काम चलाऊ बनाएर मात्रै हुदैन, सुरक्षित बनाउन भवन नै नयाँ बनाउनुपर्ने हुन सक्छ, उनले भने ।
जेन जी आन्दोलनका क्रममा २३ गते नै बिर्तामोड नगरपालिकालाई मुख्य टार्गेट बनाइएको थियो । विद्यार्थी ड्रेसमा आएका जेन जीहरुले पहिलो दिन नाराबाजी गरेर फर्किएका थिए । उनीहरु फर्किएपछि अर्को टोली गएर तोडफोड र आगजनी गरेको थियो ।
२४ गतेको आन्दोलनका दिन पनि बिर्तामोड नगरपालिकालाई ध्वस्त बनाइएको थियो । बिर्तामोड नगरपालिकाले भौतिक संरचना, सवारी साधानसहित कार्यालयभित्रका सामानहरु जलेर नष्ट भएको छ । आगजनीपछि नगरपालिकाले सेवा समेत सञ्चालन गर्न सकिरहेको छैन ।