Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
जेन-जी घाइतेलाई परिचयपत्र वितरण गर्ने सरकारको निर्णय
आइतवार, असोज १२, २०८२
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गरेको छ। साथै, जेन-जी आन्दोलनका क्रममा घाइते भएकालाई परिचयपत्र वितरण गर्ने निर्णय पनि गरेको छ।
कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ बैठकमा सहभागी हुनका लागि घिसिङको चारदिने भ्रमण स्वीकृत गरिएको हो।
त्यसैगरी, सरकारले भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको पहिचान तथा सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयमार्फत परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घाइतेहरूका पुनः उपचारका लागि अस्पताल तोक्ने र ती अस्पतालहरूमा ‘जेन-जी क्लिनिक’ सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो।
पुनः उपचारका लागि जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ।