बिर्तामोड, १२ असोज : सुनचाँदी व्यवसायी संघ झापाले पुनर्निर्माणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडलाई नगदसहित विभिन्न सामग्री सहयोग गरेको छ।
संघका अध्यक्ष रमेश विश्वकर्मा, कोषाध्यक्ष अभिषेक गहतराज, सदस्यहरू दीपक श्रेष्ठ, कुमार घतानी, अमित ल्वागुन, प्रज्ज्वल सेन्च्युरीलगायतको टोलीले कार्यालयमा पुगेर ६१ हजार ५५० रुपैयाँ नगद, एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको हो।
पुनर्निर्माण कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ, विपिन बजगाईँलगायतले सामूहिक रूपमा उक्त सहयोग सामग्री ग्रहण गर्नु भयो ।
निर्माणाधीन प्रहरी कार्यालयका लागि सहयोग रकम तथा जिन्सी सामग्री संकलन कार्य भईरहेको छ ।



