शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको तयारी पुरा,अध्यक्षका लागि गिरी र पोख्रेल चर्चामा

शनिवार, जेठ २७, २०८०

बिर्तामोड । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । यही जेठ २९ गते बिर्तामोडमा हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

बिर्तामोडको सिटी सेन्टरमा हुने अधिवेशनको तयारी पुरा भएको जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक रोशन लामाले जानकारी दिनु भयो । लामाका अनुसार आयोजक सहित ७०३ प्रतिनिधिले अधिवेशनमा सहभागी हुने छन् । अधिवेशनको प्रमुख अतिथिको रुपमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिप बडाल आउने निश्चित भएको छ ।
अधिवेशनबाट ३९ सदस्यीय जिल्ला कमिटी चयन हुने भएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, जिल्ला सदस्य निता घतानीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव नारायण पोखरेलले गर्नु भएको थियो ।

अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर आफूले १७ महिना काम गरेको बताउँदै लामाले २०७३ सालको स्ववियु निर्वाचनमा झापाका दुई वटा क्याम्पसमा मात्र जितेको अनेरास्ववियुले आफ्नो कार्यकालमा जिल्लाका १२ वटामध्ये ६ वटामा विजय हासिल गरेको उल्लेख गर्नु भयो ।

अब बन्ने जिल्ला अध्यक्षका लागि वर्तमान उपाध्यक्ष बलराम गिरी र सचिव नारायण पोख्रेललको नाम चर्चामा छ ।

सम्बन्धित खबर