Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको तयारी पुरा,अध्यक्षका लागि गिरी र पोख्रेल चर्चामा
शनिवार, जेठ २७, २०८०
बिर्तामोड । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । यही जेठ २९ गते बिर्तामोडमा हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
बिर्तामोडको सिटी सेन्टरमा हुने अधिवेशनको तयारी पुरा भएको जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक रोशन लामाले जानकारी दिनु भयो । लामाका अनुसार आयोजक सहित ७०३ प्रतिनिधिले अधिवेशनमा सहभागी हुने छन् । अधिवेशनको प्रमुख अतिथिको रुपमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिप बडाल आउने निश्चित भएको छ ।
अधिवेशनबाट ३९ सदस्यीय जिल्ला कमिटी चयन हुने भएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, जिल्ला सदस्य निता घतानीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव नारायण पोखरेलले गर्नु भएको थियो ।
अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर आफूले १७ महिना काम गरेको बताउँदै लामाले २०७३ सालको स्ववियु निर्वाचनमा झापाका दुई वटा क्याम्पसमा मात्र जितेको अनेरास्ववियुले आफ्नो कार्यकालमा जिल्लाका १२ वटामध्ये ६ वटामा विजय हासिल गरेको उल्लेख गर्नु भयो ।
अब बन्ने जिल्ला अध्यक्षका लागि वर्तमान उपाध्यक्ष बलराम गिरी र सचिव नारायण पोख्रेललको नाम चर्चामा छ ।