Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटिँदा युवकको मृत्यु
मङ्गलवार, असोज १४, २०८२
झापा, १३ असोज : झापाको भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियारको ग्राइन्डर मेसिनबाट खुट्टा काटिँदा गम्भीर घाइते भई उपचारकै क्रममा मृत्यु भएको छ।
हिजो साँझ ५ बजे आफ्नै घरमा राँगाको खुट्टा काट्ने क्रममा अचानक ग्राइन्डर मेसिनले परियारको बायाँ खुट्टा काटिएको थियो। तत्कालै परिवाले उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याएका थिए।
तर घाउबाट अत्यधिक रक्तस्राव भएकाले उपचारको क्रममा साँझ करिब ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।