Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
लिटल फ्लावर्सका विद्यार्थीद्वारा बिर्तामोड प्रहरीलाई कम्प्युटर सहयोग
मङ्गलवार, असोज १४, २०८२
बिर्तामोड, १४ असोज : बिर्तामोड–४ स्थित लिटल फ्लावर्स इंग्लिस स्कूलको विद्यार्थी क्लबले इलाका प्रहरी कार्यालय अनारमनीलाई २ थान कम्प्युटर प्रदान गरेको छ।
विद्यार्थी आदित्य ढकाल, सुदर्शन खड्का र परिधि पाठकले करिब ७५ हजार रुपैयाँ मूल्य बराबरको कम्प्युटर सेट इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख डिएसपी विजय श्रेष्ठ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर गणेश पौडेललाई हस्तान्तरण गरेका हुन्।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक कमल बुढाथोकी र पूर्वविद्यार्थी सजेश शिवाकोटीको पनि उपस्थिति रहेको थियो।
गत भदौ २३ र २४ गते जेन–जी समूहको प्रदर्शनका क्रममा भएको आगजनीबाट प्रहरी कार्यालय पूर्णरूपमा ध्वस्त भएको थियो। हाल कार्यालयको पुनर्निर्माण कार्य धमाधम सञ्चालन भइरहेको छ।