Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
भोलीदेखि नेपालमा घनघोर वर्षा, विशेष सतर्कता अपनाउन अनुरोध
बिहिवार, असोज १६, २०८२
काठमाडौं, १६ असोज: बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीका कारण नेपालमा घनघोर वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनससार बंगालको खाडीबाट नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ बाट २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने देखिएको हो ।
विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १७–२० सम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको हो ।
हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।