Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सवारी दुर्घटनामा चार वर्षीया बालिकाको मृत्यु
शुक्रवार, असोज १७, २०८२
झापा, १७ असोज : झापाको भद्रपुर नगरपालिका–४ तारानगरमा सवारी दुर्घटनामा परेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।
गत असोज ८ गते साँझ भद्रपुरबाट तारानगरतर्फ जाँदै गरेको प्र१–०१–०१६ प ५४६४ नम्बरको मोटरसाइकलले सडक किनारमा खेलिरहेकी ४ वर्षीया इन्दु रायमाझीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी बालिकालाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो।
उपचारको क्रममा आज विहान इन्दु रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक बालिका भद्रपुर नगरपालिका–४ तारानगर निवासी समिर रायमाझीकी छोरी हुन्।
दुर्घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।