Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
झापाको गरामनी मेलामा छुरा प्रहार हुँदा राजवंशी घाइते
शनिवार, असोज १८, २०८२
झापा, १८ असोजः झापाको बिर्तामोड– ८ मा हिजो एकादशीका दिन लागेको गरामनी मेलामा छुरा प्रहार हुँदा एकजना युवक गम्भीर घाइते भएका छन्।
हिजो साँझ ६:३० बजेतिर गरामनी मेलाको हल्दिवारी जाने बाटोमा बिर्तामोड– ७, गरामनी बस्ने १८ वर्षीय बर्षात राजवंशीमाथि छुरा प्रहार भएको हो।
प्रहरीका अनुसार, तत्काल नामथर नखुलेका मानिसहरूले राजवंशीलाई एक्कासी कुटपिट गरी धारिलो हतियार छुराले पिठ्युँमा प्रहार गरेर घाइते बनाइ फरार भएका छन्।
गम्भीर घाइते राजवंशीलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको छ।
राति ८:२५ बजे बीएण्डसी अस्पतालमा खटिएको प्रहरीले घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको थियो।
त्यसलगत्तै अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा ३ जनाको टोली परिचालन भइ छुरा प्रहार गर्ने मानिसहरूको खोजी तथा पहिचान भइरहेको प्रहरीले जनाएको छ।