मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कायरोमा वार्ता सुरु

आइतवार, असोज १९, २०८२

गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य र बन्धकहरूको मुक्तिका लागि इजरायली र हमासका वार्ताकारहरू आइतबार इजिप्टको राजधानी कायरोमा भेला भएका छन् । इजरायली नेताहरूले आगामी केही दिनभित्रै बन्धकहरू रिहा हुने आशा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित रोडम्यापमा हमासले देखाएको सकारात्मक प्रतिक्रियापछि इजरायलमाथि कूटनीतिक दबाब बढेको हो । उक्त प्रस्तावमा इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको सट्टामा बन्धकहरूलाई रिहा गर्ने व्यवस्था समावेश गरिएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार वार्ताकारहरूलाई ‘प्राविधिक विवरणहरूलाई अन्तिम रूप दिन’ इजिप्ट पठाइएको जानकारी दिनुभयो । कायरोले पनि ‘सबै इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका धरातलीय अवस्था र विवरणमा छलफल गर्न’ हमास प्रतिनिधिमण्डललाई स्वागत गर्ने पुष्टि गरेको छ ।

इजिप्टका सरकारी सञ्चारमाध्यमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणको दोस्रो वार्षिकोत्सवअघि लडाकू समूह र इजरायली प्रतिनिधिहरू बीच आइतबार र सोमबार अप्रत्यक्ष वार्ता हुनेछ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले आफ्ना ज्वाइँ जारेड कुसनर र मध्यपूर्व वार्ताकार स्टिभ विटकफलाई इजिप्ट पठाउनुभएको छ । उहाँले हमासलाई चेतावनी दिँदै ‘ढिलाइ अब सह्य हुनेछैन’ भन्दै तुरुन्त सम्झौतामा पुग्न आग्रह गर्नुभएको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भन्नुभयो, “इजरायलले गाजाबाट फिर्तीको प्रारम्भिक रेखा मान्य गरेको छ र यो प्रस्ताव हमाससँग साझा गरिएको छ । जब हमासले पुष्टि गर्छ, युद्धविराम तत्काल प्रभावकारी हुनेछ, बन्धक र कैदी आदानप्रदान सुरु हुनेछ ।”

“आगामी केही दिनमा हामी हाम्रा सबै बन्धकहरूलाई फिर्ता ल्याउन सक्षम हुनेछौँ”, यहुदी पर्व सुक्कोट सुरु हुनुअघि राष्ट्रलाई सम्बोधन गर्दै नेतान्याहुले भन्नुभयो, “ट्रम्पको योजनामार्फत कूटनीतिक रूपमा वा हाम्रो सैन्य शक्तिद्वारा हामासलाई निःशस्त्र गरिनेछ ।”

हमासले शुक्रबार राति ‘राष्ट्रपति ट्रम्पको प्रस्तावमा समावेश आदानप्रदान सूत्रअनुसार सबै बन्धकहरू — जीवित र अवशेष — मुक्त गर्न स्वीकृति दिएको’ घोषणा गरेको थियो । ट्रम्पले यो वक्तव्यलाई ‘स्थायी शान्तिका लागि तयार’ भएको प्रमाण भन्दै स्वागत गर्नुभयो र इजरायललाई आक्रमण रोक्न आग्रह गर्नुभयो ।

तर ट्रम्पको अपीलपछि पनि गाजामा इजरायली आक्रमण जारी छ । एएफपिटिभीले आइतबार तटीय क्षेत्रमा बाक्लो धुवाँ उडिरहेको दृश्य देखाएको छ । हमासको नियन्त्रणमा रहेको गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार बिहानको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । शनिबारको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको थियो । तीमध्ये ४० जना गाजा सहरमै मारिएका थिए ।

इजरायली सेनाले गाजा सहर वरिपरि व्यापक हवाई र स्थल आक्रमण जारी राखेको जनाएको छ र स्थानीय बासिन्दालाई फर्कन नदिन चेतावनी दिएको छ ।

गाजा सहरका ३९ वर्षीय महमुद अल–घाजीले भन्नुभयो, “ट्रम्पले युद्धविरामको आह्वान गरेपछि पनि इजरायलले आक्रमण झन् बढाएको छ । अब यो नरसंहार रोक्न वार्ता छिटो अघि बढाउन जरुरी छ ।”

ट्रम्पको रोडम्यापमा हमास र अन्य गुटहरूको ‘गाजाको शासनमा कुनै भूमिका नहुने’ उल्लेख गरिएको छ । प्रस्तावमा शत्रुता रोक्ने, ७२ घण्टाभित्र बन्धकहरू रिहा गर्ने, गाजाबाट क्रमिक इजरायली फिर्ती र हमासको निःशस्त्रीकरणका प्रावधानहरू छन् ।

युद्धपछि क्षेत्रको प्रशासन ट्रम्पको नेतृत्वमा गठित सङ्क्रमणकालीन प्राधिकरणको प्राविधिक समितिले सम्हाल्ने योजना छ ।

गाजा सहरमा बसोबास गर्ने ५० वर्षीय सामी अडासले भन्नुभयो, “नेतान्याहु अब भाग्न सक्नुहुन्न । ट्रम्प नै इजरायललाई युद्ध रोक्न बाध्य पार्ने एक मात्र व्यक्ति हुनुहुन्छ ।”

सम्बन्धित खबर