Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नेपाल चलचित्रकर्मी संघको आयोजनामा क्षमता विकास तालिम सम्पन्न
बुधवार, जेठ ३१, २०८०
बिर्तामोड । नेपाल चलचित्रकर्मी संघको आयोजनामा क्षमता विकास तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका र चलचित्र विकास वोर्डको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कलाकारको क्षमता अभिवृद्वी गराउने उदेश्यले तालिमको आयोजना गरीएको संघका अध्यक्ष केवल तामाङले जानकारी दिनु भयो ।
बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिमको पानसमा दिप प्रज्जवलन गरेर उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले चलचित्र मनोरञ्जनसंगै सन्देशमुलक हुनु पर्ने बताउनु भयो । तालिममा ७६ जना भन्दा बढी कलाकारको सहभागिता रहेको थियो । उनीहरुलाई कलाकार वुद्वी तामाङले प्रशिक्षण दिनु भयो ।
तालिम उद्घाटन कार्यक्रममा चलचित्र निर्माता सुष्मा गुरुङ्ग सिक्किम भारत, चलचित्र संघका केन्द्रिय सदस्य मिजास पोख्रेल, चलचित्र निर्देशक कैलाश राई, मिरिक दार्जिलिङ, नेपाल चलचित्र नृत्य संघ कोशी प्रदेश संयोजक राज लावती, नेपाल चलचित्र द्वन्द कलाकार कलाकार संघका कोशी प्रदेश संयोजक विपिन प्रसाई, किराँत राई चलचित्र संघका झापा अध्यक्ष शेखर खालिङ्ग राई लगायतको उपस्थिति रहेको थियो ।