काठमाडौं, २० असोजः भीषण वर्षापछि आएको बाढी पहिरोमा परी देशभर ५२ जनाको मृत्यु भएको छ।
शुक्रबार र शनिबार लगातार भीषण वर्षा भएपछिको विपदजन्य घटनामा परी अहिलेसम्म ५२ जनाको मृत्यु र ७ जना बेपत्ता भएकोसशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
उहाका अनुसार कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु भएको छ। तीमध्ये ३७ जना मृतक इलामका छन्। उदयपुरमा २ जना, पाँचथरमा ८जना र खोटाङका दुई जनाको मृत्यु भएको डिएसपी थापाले जानकारी दिनुभयो । रौतहटमा ३ जना र काभ्रेमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै बारामा एक जना, रसुवामा चार जना, इलाममा एक जना र काठमाडौंमा एक जना बेपत्ता रहेको डिएसपी थापाले जानकारीदिनुभयो।




