Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’
सोमवार, असोज २०, २०८२
बनियानी (झापा), २० असोज: अविरल वर्षापछिको बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा आज बसेको बैठकले बाढीका कारण पूर्ण प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार तत्काल पूर्ण प्रभावित परिवारलाई २५ केजी चामल, दुई केजी नुन, दुई केजी दाल, एक लिटर तेल, पाँच केजी आलु र दुई थान ब्ल्याङ्केट र दुई थान म्याट्रेस उपलब्ध गराइने छ । बैठकले बाढीपीडितलाई सहयोग गर्न चाहने सङ्घसंस्थालाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न र कम्तीमा रु ३० हजार बराबरको राहत प्याकेज उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।
सहयोगी सङ्घसंस्थाले नगद सहयोग उपलब्ध गराएको खण्डमा ‘एकका लागि एक’ अभियानअन्तर्गत राहत सामग्री खरिद गरी वितरण गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।