काठमाडौँ, २२ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा विस्तारित बैठकका एजेन्डा र व्यवस्थाबारे छलफल हुने छ ।
त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीबारे पनि छलफल हुने बताइएको छ ।



