Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ
बिहिवार, असोज २३, २०८२
धनुषा, २३ असोजः धनुषामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ। युवतीलाई भने सेफ हाउसमा राखिएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राउतले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ।
राउतले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्बिरहरू राखेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी गराएका हुन् ।