Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
हमासले सार्वजनिक गरेको युद्धबन्दी सूचीमा छैन विपिनको नाम
शुक्रवार, असोज २४, २०८२
काठमाडौँ, २४ असोजः इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि सार्वजनिक गरिएको २० जना युद्धबन्दीको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश छैन।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र मुक्त गरिने भनिएका सबै २० जना जीवित व्यक्ति इजरायली नागरिक हुन्। उहाँले भन्नुभयो, “मुक्त हुने भनिएका व्यक्तिहरूको सूचीमा विपिन जोशीको नाम छैन।”
अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध रोक्ने सहमति विहीबार भएको थियो। पहिलो चरणमा हमासले कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको बताइएको छ।
कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। सो घटनामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।
राजदूत पण्डितले विपिनको अवस्थाबारे ठोस जानकारी अझै प्राप्त नभएको बताउनुभयो। उहाँका अनुसार, “विपिनको जीवनको बारेमा हालसम्म कुनै निश्चित जानकारी छैन, तर हामी इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं।”
परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि विपिनको अवस्था पत्ता लगाउने प्रयास भइरहेको बताउनुभयो। मन्त्रालय स्रोतका अनुसार, “इजरायल सरकारको तर्फबाट विपिनको बारे जुनसुकै अवस्थाको सूचना आउनसक्छ, त्यसका लागि परिवारलाई तयार रहन सुझाव दिइएको छ।”
विपिन सन् २०२३ नोभेम्बर १७ मा गाजाको अल शिफा अस्पतालमा देखिएका थिए। तर त्यसपछि उनको अवस्था अज्ञात छ। बुधबार सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि त्यही समयको पुरानो भएको राजदूत पण्डितले बताउनुभएको छ।