मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरपालिकाद्वारा कृषक समुहलाई मकै छोडाउने मेशिन हस्तान्तरण

शुक्रवार, असार १, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक समुहहरुलाई मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका विच नगरको कृषि विकास शाखाले उक्त मेशिन हस्तान्तरण गरेको हो । ७० प्रतिशत लागत अनुदानमा नगरका ३२ वटा कृषक समुहहरुलाई मशिन हस्तान्तरण गरिएकोे नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिनु भयो ।

मेशिन प्राप्त गर्ने समुहहरुमा बिर्तामोड २ को चारपाने पाथिभरा कृषक समुह, निरन्तर कृषक समुह, लालीगुराँस कृषक समुह, वरगाछी महिला कृषक समुह, श्री भगवती कृषक समुह, ओमकार कृषक समुह, जनजागृति कृषक समुह, बिर्तामोड ३को गरमकाली महिला कृषक समुह, सूर्यनगर कृषक समुह, अनारमनी कृषक समुह, बिर्तामोड ४को विषेश्वर कृषक समुह, बिर्तामोड ६ को कलामार्ग कृषक समुह, बिर्तामोड ७को रामनगर कृषक समुह, परोपकार कृषक समुह, डाँडा गाउँ कृषक समुह, प्रवेश कृषक समुह, नव दुर्गा कृषक समुह, प्रगतिशिल मिश्रित कृषक समुह रहेका छन् ।

यस्तै बिर्तामोड ८को पहिलो पाइला कृषक समुह, जागृति कृषि विकास कृषक समुह, पञ्चायन कृषक समुह, नमुना बाख्रा पालन कृषक समुह, देवनिया कृषक समुह, किसनभिट्टा व्यवसायी पशुपालन कृषक समुह, ज्योतिनगर कृषक समुह, करेसावारी कृषक समुह, अनमोल कृषक समुह, नवजागरण कृषक समुह, बिर्तामोड ९को पानीटंकी कृषक समुह, कोलाटोली कृषक समुह, सूर्य कृषक समुह र नडीयावारी कृषक समुह रहेका छन् ।

मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कृषकहरुलाई कृषि उत्पादनलाई बढाएर व्यवसायिक बन्न आग्रह गर्नु भयो । अर्गानिक तरकारी उत्पादनमा जोड दिँदै उहाँले नगरपालिकाले कृषि क्षेत्रमा गरेको लगानीको प्रतिफल सोचे अनुसारको नभएको गुनासो गर्नु भयो ।

यहाँ प्रयाप्त मात्रामा तरकारी उत्पादन नहुँदा भारतबाट आएको विषादीयुक्त तरकारी खान बाध्य हुनु परेको भन्दै नगर उपप्रमुख संग्रौलाले हस्तक्षेपकारी ढंगले उत्पादन बढाउनु पर्ने बताउनु भयो । उहाँले कृषिथोक बजारमा रहेको विषादी मापन केन्द्रमा भारतबाट आएको सबै तरकारीको जाँच भईरहेको जानकारीसमेत दिनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ६का वडाअध्यक्ष सूर्य कन्दङ्गवाले नगरपालिकाले प्रदान गरेको कृषि मेशिन तथा औजारको राम्रोसंग उपयोग गर्न आग्रह गर्नु भयो । उहाँले सबै कृषकहरु उत्पादनशिल कार्यमा लाग्नसमेत जोड दिनु भयो ।

नगरपालिकाको आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित मकै छोडाउने मेशिन हस्तान्तरण कार्यक्रममा वडा सदस्य हरि वाँस्कोटा, खडानन्द निरौला लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर