सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

दसैंमा मात्र राष्ट्र बैंकबाट ५६ अर्ब रुपैयाँ बाहिरियो

आइतवार, असोज २६, २०८२

काठमाडौँ, २६ असोजः यस वर्षको दसैंमा मात्र राष्ट्र बैंकबाट करिब ५६ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट बाहिरिएको छ । दसैंका लागि राष्ट्र बैंकले भदौ २९ देखि असोज १० गतेसम्मका लागि सुकिला नोट वितरण गरेको थियो । सो अवधिमा राष्ट्र बैंकको केन्द्रीय र क्षेत्रीय कार्यालयहरूबाट सिधै सर्वसाधारणलाई पाँच देखि १ सय रुपैयाँसम्मका नोट करिब डेढ अर्ब रुपैयाँ सटही भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट करिब साढे ४ अर्ब सटही भएको छ । यसरी सोही अवधिमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट गरेर करिब ६ अर्ब रुपैयाँ सुकिला नोट सटही भएको छ ।

सोही अवधिमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई करिब ५० अर्ब रुपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकबाट सिधै, बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणलाई दिइएको सटही र बैंक तथा वित्तीय संस्थाले लिएको रकम जोड्दा दसैंको समयमा मात्र थप ५६ अर्ब रुपैयाँ बाहिरिएको हो ।

यससँगै चलनचल्तिमा रहेको मुद्रा पनि बढेर ८ खर्ब नाघिसकेको राष्ट्र बैंकले जनाएको छ । यसअघि करिब साढे ७ खर्ब रहेको चलनचल्तिको मुद्रा बढेर ८ खर्बभन्दा बढी पुगेको हो ।

नेपालमा पैसा छाप्ने त्यसको संरक्षण र व्यवस्थापन गर्ने काम राष्ट्र बैंकको हो । राष्ट्र बैंकले सबै अवस्था आकलन गरेर धेरै नोट छापेको हुन्छ । तर, छापिएका सबै नोट एकै पटक बजारमा पठाइँदैन । देशको अर्थतन्त्रको आकार, आर्थिक गतिविधिलगातय पक्ष हेरेर राष्ट्र बैंकले बजारमा कति पैसा आवश्यक छ त्यो मूल्यांकन गर्छ । र सोहीअनुसार आवश्यक रकम मात्र बैंक तथा वित्तीय संस्थामार्फत बजारमा पठाउँछ । यसरी बजारमा पठाइएका मुद्रालाई चलनचल्तीको मुद्रा भनिन्छ ।

राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाा नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ । दसैं, तिहारमा ६० देखि ९० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको थियो । यसको तुलनामा यसवर्ष दसैंको बेलामा बाहिरिने नोट पनि घटेको जनाइएको छ ।

खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।

सम्बन्धित खबर